ठाँउ ठाँउमा पहिरोपछि नौबिसे मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध

ठाँउ ठाँउमा पहिरोपछि नौबिसे मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध

  • बुधबार, अशोज ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

८ असोज, काठमाडौं । नौबिसे–मुग्लिन सडकखण्डका दुई ठाउँमा गएको पहिरोका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

धादिङको धुनिवेशी नगरपालिका–१ ठूलोखोला धार्के सितापाइला सडकखण्ड र बेनिघाट रोराङ गाउँपालिका–१० बादरेमोडमा खसेको पहिरोको कारण सडक पूर्ण अवरुद्ध भएको हो । बुधबार राति पौने ९ बजे ठूलोखोमा पहिरो खसेको हो ।

मौसम पूर्वानुमान महाशाखाले रातभर पानी पर्नसक्ने जनाएको छ । जसकारण पनि अहिले तत्काल पहिरो पन्छाउन असम्भव भएको उनले बताए । भोलि बिहानसम्मका लागि वैकल्पिक बाटो प्रयोग गर्न पनि आग्रह गरिएको छ ।

उता, यही सडकको मुग्लिन–नारागयणढ अन्तर्गत पर्ने तुइन खोलामा हिजोदेखि नै आएको भयंकर पहिरोका कारण सडक खुल्न सकेको छैन । दशैंको मुखमा राजमार्गमा आएका पहिरोले सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ