नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतसहित तीन देशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले अक्टोबर र नोभेम्बरमा यी खेल तय भएको जानकारी दिएको हो।
नेपालले भारतसँग अक्टोबर २६ मा सिक्किममा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ।
यसै गरी इन्डोनेसियामा नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज हुन लागेको हो। जसमा नेपालले नोभेम्बर २६ मा इन्डोनेसिया र डिसेम्बर २ मा चाइनिज ताइपेइसँग खेल्नेछ। इन्डोनेसिया र ताइपेइको खेल नोभेम्बर २९ मा हुने एन्फाले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline