युएईले नेपाली खेलाडीलाई दियो भिषा, भोली प्रस्थान गर्ने

युएईले नेपाली खेलाडीलाई दियो भिषा, भोली प्रस्थान गर्ने

  • आइतवार, अशोज ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं । यूएईमा हुने नेपाल र वेष्टइन्डिजबिचको खेलका लागि नेपाली खेलाडीले भिसा पाएका छन्। नेपालमा भएको हिंसात्मक जेनजी आन्दोलनपछि विभिन्न देशले भिषा दिन बन्द गर्दै आएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले एक विज्ञप्ति जारी गर्दै नेपाली खेलाडीले भिसा पाएको जानकारी गराएको हो।

नेपाली क्रिकेट टिम सोमबार यूएई प्रस्थान गर्नेछ ।

यही असोज ११, १३ र १४ गते यूएईमा हुने खेलका लागि क्यानले बिहीबार नेपाली टोलीको बिदाइ गरेको थियो।

यसअघि नेपालले २०२४ को अप्रिलमा वेष्टइन्डिज ुएुसँग ५ खेल सम्मेलित सिरिज खेलेको थियो। जसमा नेपालले ३–२ ले सिरिज गुमाएको थियो।

नेपाली टोलीमा रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह ऐरी(उपकप्तान), आसिफ शेख , कुशल भुर्तेल, लोकेश बम, सन्दीप लामिछाने, कुशल मल्ल, आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी,नन्दन यादव, गुल्सन झा, ललित नारायण राजवंशी, सोमपाल कामी र साहब आलम रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी