रामेछापमा चितुवा आतंकः खोरमा चितुवा पसेर ९ वटा बाख्रा मार्यो

रामेछापमा चितुवा आतंकः खोरमा चितुवा पसेर ९ वटा बाख्रा मार्यो

  • शनिबार, अशोज ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

दोरम्बा, ४ असोज । रामेछाप, दोरम्बा शैलुङ गाउँपालिका- ७ स्थित पुँडी डाँडाटोलका काजीमा तामाङको घरमै रहेको खोरमा पसेर चितुवाले ९ वटा बाख्रा मारेको छ । शुक्रवार राति करिब ११ः३० बजेको समयमा घरमै रहेको खोरमा चितुवा पसेर ४ वटा बोका र ५ वटा बाख्रा गरी ९ वटा मारेको समाचार छ ।
खोरमै राखिएका खसी, बाख्रा चितुवाले खान थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।

चितुवा आतंक भएको यस भेगमा गत साता मात्र नजिकैको टेक्सिंका पेम पेमसिं तामाङको खोरमै राति पसेर चितुवाले एउटा बोका र २ वटा बाख्रा र मगरदर्गामा एक स्थानीयको राति खोरमै ६ वटा बाख्रा मारेको थियो ।
त्यसअघि तामाङकै दिउँसो चराउन लैजादा एउटा बोका चितुवाले खाएको थियो । यतितसम्म कि बारीमा बाँधिराखेको अवस्थामा किलामै मार्ने गरिएको घटना पटकपटक भएको किसानले बताएका छन् ।
विगत चार पाँच वर्षदेखि नै यस क्षेत्रमा चितुवाको बिगबिगी रहेको र किसानले चौपायामा ठूलो क्षति व्यहोर्नु परिरहेको बताएका छन् । चितुवाले चौपाया मात्र नभई मानिसलाई नै आक्रमण हुने त्रास स्थानीयमा परेको छ ।
खेत बारी बाँझो रहेर बस्ती नजिकसम्म जंगल बनेका कारण चितुवा लगायत जंगली जनावरले चौपाया र बालीमा क्षति पुर्याएको उनीहरूले बताएका छन् । चितुवा मात्र नभई यहाँका कृषकलाई बाँदर, बाँदेल, दुम्सी, चराले ज्यादै दुःख दिएका छन् । तत्कालको समस्या चितुवा बनेको र नियन्त्रणका उपाय गर्न किसानहरूले सरकारसँग माग गरेका छन् । यस क्षेत्रमा ५ वटा जति चितुवा रहेको उनीहरूको अनुमान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ