नेपाली क्रिकेट टिमले समेत युएईको भिषा नपाएपछि आईसीसीसँग क्यानको गुहार

नेपाली क्रिकेट टिमले समेत युएईको भिषा नपाएपछि आईसीसीसँग क्यानको गुहार

  • शुक्रबार, अशोज ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

संयुक्त अरब इमिरेट्स (युएई) को भिषा नपाएपछि नेपाल क्रिेकट संघले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसिसी) सँग गुहार मागेको छ । नेपाल र वेष्ट इन्डिजबीच तीन अन्तर्राष्ट्रिय टी–२० आई शृंखला युएईमा हुँदैछ ।

क्यानले युएई जाने टिमलाई बिहीबार बिदाई गरेको थियो । तर, बुधबारबाटै खेलाडीको भिषा लगाएपनि शुक्रबार रातिसम्म खेलाडी तथा पदाधिकारीको भिषा नआएको प्रवक्ता छुम्बी लामाले जानकारी गराए ।

भदौं २३ र २४ जेन जी आन्दोलनपछि युएईले नेपालको भिषामा कडाई गरेको छ । भिषा अस्थायीरुपमा बन्द गरिएको छ । जसका कारण नेपाली टिम समयमै युएई जानबाट रोकिएको छ ।

क्यान प्रवक्ता लामाले भिषाको लागि आईसिसीसँग सहकार्य भइरहेको र भिषा लागेसँगै टिम युएई जान तयार भएको पनि नयाँ पत्रिकालाई बताएका छन् । ‘ सिधै भिषा नआएपछि दुबई क्रिकेट र आईसिसी दुबैसँग सहकार्य गरिरहेका छौं । भिषा आएपछि टिम जान्छ । अब, आउँछ भन्नेमा क्यान आशावादी छ,’ लामाले भने, ‘हामीसँग अझै ५–६ दिन बाँकी छ । यसमा आशावादी हौं ।’

शृंखला सेप्टेम्बर २७ देखि ३० सम्म शारजाहँ क्रिकेट मैदानमा हुनेछ । नेपालले यो शृंखलालाई ओमानमा आयोजना हुने आइसिसी टी–२० विश्वकप एसिया छनोटको तयारीका रूपमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी