काँग्रेस कञ्चनपुरले भन्यो, ‘जेनजी आन्दोलनमा आगजनी र लुटपाटमा संलग्न पाटीका नेता कार्यकर्तालाई कार्बाही हुन्छ’

काँग्रेस कञ्चनपुरले भन्यो, ‘जेनजी आन्दोलनमा आगजनी र लुटपाटमा संलग्न पाटीका नेता कार्यकर्तालाई कार्बाही हुन्छ’

  • बिहिबार, अशोज २, २०८२
  • डम्मर दत्त भट्ट

  • 4.7K
    SHARES

कञ्चनपुर, २असोज । नेपाली काँग्रेस कञ्चनपुरले २४ भदौँमा जिल्लाभरी भएको जेनजी आन्दोलनमा हिन्सा मच्चाउने, निजी, सरकारी सार्वजनिक सम्पत्तीमा क्षति पु¥याउने गतिबिधीमा आफ्नै पाटीका नेता कार्यकर्ता सलग्न भएर कार्बाही गर्ने भएको छ ।
जेनजी आन्दोलपछि पहिलो पटक खण्डखहर बनेको काँग्रेस पाटी कार्यालय कञ्चनपुरमा बुधबार बसेको बैठकले आन्दोलनमा संलग्न भई तोडफोड, आगजनी एव लुटपाटमा संलग्न नेता कार्यकर्ताहरुलाई कार्बाही गर्ने भएको हो ।

नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिहले आन्दोलनमा सहभागि भएर वा नभएर पनि उस्काउने, प्रत्यक्ष सहभागि भएर निजी, व्यवसायिक सरकारी, सार्वजनिक सम्पत्तीमा हानीनोक्सानी पु¥याएको प्रमाणित भएर पाटीबाटै कार्बाही गर्ने निर्णय भएको बताए । उपसभापति सिहका अनुसार पाटीले जिल्लाभरी क्षतिग्रस्थ सरचनाको स्थलगत अनुगमन गर्दैै पीडितलाई भेट्ने, क्षतिको एकीन विवरण संकलन गर्ने, संलग्नमाथी कानुनी कार्बाहीका लागि सरकारसंग माग राख्ने भएको छ ।

‘आफ्ना विमतीलाई शान्तिपुर्वक लोकतान्त्रिक विधी प्रकृयाबाट राख्न मिल्छ, यो लोकतन्त्र पनि हो, ‘उनले भने, ‘सरकार वा कसै व्यक्ति निकायसंग ईगो, ईष्र्या, रिसिईबी वा मन नपरेको भन्दै निजी निवास, व्यवसायिक क्षेत्र एव सार्वजनिक सम्पत्तीको तोडफोड, लुटपाट एव आगजनी जस्तो जघन्य अपराध गर्न मिल्दैन ।’ काँग्रेसले आन्दोलनमा शहिद भएकाहरुप्रति हार्दिक श्रद्धान्जलीदेखि घाईतेको शिघ्र लाभको कामना गरेको छ ।

जेनजी आन्दोलनका नाममा कञ्चनपुर जिल्लाभरी भएको हिन्सात्मक, विध्वङसात्मक गतिबिधीको भत्र्सना समेत काँग्रेसले गरेको छ । काँग्रेस जिल्ला सभापति समेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटी, काँग्रेस नेतृ एव भीमदत्त नगरकी उपमेयर निलम लेखक, काँग्रेस नेता एव जिसस प्रमुख दुर्गादत्त बोहरा, काँग्रेस पुर्व जिल्ला सचिव एव बेदकोट नगरका मेयर भोजराज बोहरा, काँग्रेस जिल्ला सचिव एव कृष्णपुरका मेयर हेमराज ओझाको घर, काँग्रेस केन्द्रीय तथा कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी, काँग्रेस नेतृ एव सुप प्रदेश सभा सदस्य मधु भारती, काँग्रेस नेता एव सुप प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिह थापा र काँग्रेस केन्द्रीय सदस्य एव निवर्तमान गृहमन्त्री रमेश लेखकका दुवै घरमा आगजनी, तोडफोड एव लुटपाट भएको भन्दै काँग्रेस कञ्चनपुरले भत्र्सना जाहेर गरेको छ । ध्वस्थ भएको पाटी कार्यालय पुर्ननिर्माणका लागि समेत पाटीले आम नेता कार्यकर्ताहरुलाई आब्हान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ