असोज १ काठमाण्डौँ । जेनजी आन्दोलनमा पछि अगुवाका रुपमा सैनिक मुख्यालय र राष्टपति भवनसम्म वार्तामा बसेर चर्चामा आएपछि विस्तारै उमेर र विभिन्न विवादीत संस्थासँग आवद्धता र भारतीय नागरिक भएको आरोप सामाजिक सञ्जालमा फैलिएका बेला सुदन गुरुङमाथि आक्रमणको प्रयास
भएको छ ।
गएराति उनलाई रानीबारीदेखि पछ्याएर वानेश्वर सम्म आकमणको प्रयास भएको बताईएको छ ।
आक्रमणको प्रयास भएपछि उनी भागेर सुरक्षित स्थानमा पुगेका थिए ।
पहिला मोटरसाईकलमा र त्यसपछि गाडी समेत थपिएर पिछा गरिएको गुरुङ समुह स्रोतले जनाएको छ ।
उनी जेन जी भन्दा बढी उमेरको भएको र भारतीय नागरिक भएको लगायतका आरोप सहित जेनजीहरुले नै सामाजिक सञ्जालमा उनको व्यापक बिरोध गरीरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline