वेस्ट इन्डिजविरूद्ध खेल्ने नेपाली टोली घोषणा

वेस्ट इन्डिजविरूद्ध खेल्ने नेपाली टोली घोषणा

  • सोमवार, भदौ ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौं, भदौ ३० । नेपाल क्रिकेट संघ (क्यान) ले असोज दोस्रो साता युएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी(२० सिरिजका लागि राष्ट्रिय टोली घोषणा गरेको छ।

शारजाहमा हुने सिरिजलाई युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिजको नाम दिइएको छ।

टोलीमा अलराउन्डर आदिल अन्सारीलाई स्थान दिइएको छ। अघिल्लो महिना नेपालको ए टोलीमा रहदै भारतको भ्रमणमा रहेका आदिलले झण्डै तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन्।

सिरिजका खेलहरू आगामी असोज ११, १३ र १४ गते हुँदैछ। नेपालले पहिलो पटक आइसिसीको पूर्ण सदस्यसँग टी-२० सिरिज खेल्न लागेको हो

ओमानमा हुने टी–२० विश्वकप छनोटको तयारीका लागि नेपालले दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग सिरिज खेल्न लागेको हो।

वेस्ट इन्डिजसँग सिरिज खेले लगत्तै नेपाली टोली त्यतैबाट विश्वकप छनोट खेल्न ओमान जानेछ। ओमानमा नौ टोलीबीच हुने छनोटमा शीर्ष तीन टोली भएमा नेपाल समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा छनोट हुनेछ।

नेपाली टोली
१ रोहित कुमार पौडेल
२ दीपेन्द्रसिंह ऐरी
३ कुशल भुर्तेल
४ लोकेस बम
५ कुशल मल्ल
६ आसिफ सेख
७ आदिल अन्सारी
८ करण केसी
९ नन्दन यादव
१० सन्दीप लामिछाने
११ सन्दीप जोरा
१२ आरिफ सेख
१३ ललितनारायण राजवंशी
१४ गुलशन झा
१५ सोमपाल कामी
१६ साहब आलम

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी