काठमाडौं महानगरले गर्यो निर्णयः शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन

काठमाडौं महानगरले गर्यो निर्णयः शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन

  • शनिबार, भदौ २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

२८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार बाट विद्यालयहरूमा पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । गत २३ र २४ गते जेनजीहरूको प्रदर्शनपछिको अवस्थाका कारण बन्द भएका विद्यालयहरू सोमबारबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको हो ।

त्यस्तै, शिक्षक तथा कर्मचारीहरूलाई भने आइतबारदेखि नै विद्यालयमा उपस्थित गराउने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।

विद्यालयमा उपस्थित भई विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाई सम्बद्ध कार्यहरू गर्न पनि महानगरले आग्रह गरेको छ । साथै विद्यालयमा कुनै प्रकारको क्षती देखिएमा काठमाडौँ महानगरपालिकामा सोको विवरण उपलब्ध गराउन पनि उसले सूचना जारी गरेको हो ।

‘विद्यार्थीका अभिभावकहरुसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्ने, अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्ने,’ महानगरपालिकाको निर्णयमा भनिएको छ ।

विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीलाई भर्चुअल कक्षामार्फत सहजीकरण गर्ने पनि जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी