भदौ २८ काठमाण्डौँ । संगठन अप्ठ्यारोमा पर्दा राजीनामा दिएर भागेको र अहिले पदमा फर्कन खोजेको भन्दै अनेरास्ववियुका नेता–कार्यकर्ताले अध्यक्ष डा। सुजन कडरियाको नेमप्लेट झिकेर जलाएका छन्।
अनेरास्ववियुका नेता–कार्यकर्ताले शनिबार उनको फोटोसमेत च्यातेका छन्, तोडफोड गरेका छन्।
जेन–जीको प्रदर्शनका चर्कंदै गएपछि असुरक्षा भएको भन्दै उनले भदौ २४ गते राजीनामा दिएका थिए। भदौ २३ गतेको प्रदर्शनमा प्रहरीको गोली लागि २४ जना युवा–विद्यार्थीको हताहती भएपछि पदमा बसिरहन नैतिकताले नदिएको उनको दाबी थियो।
भोलिपल्टै उनले आफूलाई ज्यान मार्ने धम्की आएको, कुटपिट भएको भन्दै राजीनामा फिर्ता लिन खोजेका थिए। उनी कार्यलय फर्कन खोजेपछि कार्यकर्ताहरुले अस्वीकार गरेका हुन् ।
तर कार्यकर्ताले भने ‘फर्केर पनि अखिलको कार्यालय नहेर्नु’ भन्दै उनलाई अस्वीकार गरिरहेका छन्।
अप्ठ्यारोमा संगठन परेका बेला भाग्नेलाई अब स्वीकार गर्न नसकिने अखिलका नेताकार्यकर्ताहरुले चेतावनी दिएका छन् ।