केएमसी अस्पतालमा ३३ जना घाइतेको उपचार जारी (नामावलीसहित)

केएमसी अस्पतालमा ३३ जना घाइतेको उपचार जारी (नामावलीसहित)

  • सोमवार, भदौ २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौं, २३ भदौ – काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा सोमबार दिउँसो भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका ३३ जनाको उपचार जारी रहेको छ।

अस्पताल प्रशासन प्रमुख नारायणप्रसाद दाहालका अनुसार, हालसम्म उपचाररत ३५ मध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बझाङका १९ वर्षीय सुभास बोहरा र ठेगाना नखुलेका सुरन किशोर श्रेष्ठ रहेका छन्। चिकित्सकहरूले जानकारी दिए अनुसार, बोहराको काखि मुनीबाट गोली छिरेर फोक्सो क्षतविक्षत भएको थियो भने श्रेष्ठको छातिबाट गोली छेडिएको थियो।

बाकी ३३ जनाको उपचार अस्पतालमा भईरहेको छ। जेनजी पुस्ताको प्रदर्शनमा घाइते भएकामध्ये १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ।मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ।

यस्तै वीर अस्पतालमा ६ जनाको उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा ८ जनाको मृत्यु भएको छ।

यी हुन् उपचाररत घाईते

यसरी हुँदै छ घाईतेको उपचार

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ