मिसेस नेपाल वल्र्डको अन्तिम स्पर्धामा छानिएका तीस प्रतियोगीलाई ट्याग नम्बर प्रदान

मिसेस नेपाल वल्र्डको अन्तिम स्पर्धामा छानिएका तीस प्रतियोगीलाई ट्याग नम्बर प्रदान

  • आइतवार, भदौ २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

विवाहित महिलाहरूको सबैभन्दा बृहत सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२५ को अन्तिम स्पर्धामा चयन हुन सफल ३० जना महिलालाई राजधानीमा शुक्रवार राती आयोजित भव्य कार्यक्रमका बीच ट्याग नम्बर र स्यास प्रदान गरिएको छ।

राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा सम्पन्न स्यासिङ सेरोमनीमा मिसेस नेपाल वल्र्ड २०२५ को अन्तिम स्पर्धाका लागि चयन भएका उनीहरूलाई ट्याग नम्बर र स्यास प्रदान गरिएको हो।

अडिसनमार्फत देशका विभिन्न भागका महिलाहरू छनोट भई अन्तिम प्रतिस्पर्धामा पुगेका हुन्। ग्रयान्ड फाइनलको झल्को दिने गरी भव्यताका साथ सम्पन्न स्यासिङ सेरोमनीमा सहभागीले आफ्ना परिचय प्रस्तुत गरेका थिए। मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार यस संस्करणमा गृहिणी, चिकित्सक, इन्जिनियर, व्यवसायी, स्वास्थ्यकर्मी, शिक्षासेवी, फेसन डिजाइनर, नर्स, कर्मचारी, महिला अधिकारवादी, कानुन व्यवसायी, समाजसेवीदेखि पाइलटसम्मका महिलाहरू प्रतिस्पर्धामा रहेका छन ्।

यो संस्करणमा चितवनबाट सञ्जु भट्ट, खोटाङबाट इमायुङ राई, सुझाता खनाल, रोजी थापा र चन्द्रकला राई, सर्लाहीबाट कञ्चन झा, ललितपुरबाट श्रीनी ढक्वा, रविना महर्जन, कल्पना विष्ट, रञ्जना बुधाथोकी, कुसुम खड्का र श्रीजना बिष्ट, विराटनगरबाट पुजन ढकाल, काभ्रेपलाञ्चोकबाट अरुणा लामा, नेपालगञ्जबाट एलीना केसी, सुदूरपश्चिमबाट विद्या चौहान, रामेछापबाट निर्मला सुनुवार, लुम्बिनीबाट तारा खनाल र रक्षा पन्त, ईटहरीबाट दीपिका तामाङ, तेह्रथुमबाट सुम्निमा खापुङ, कीर्तिपुरबाट बिनिता अधिकारी, नवलपरासीबाट गंगा लामिछाने, स्याङ्जाबाट बिष्णु भण्डारी, मकवानपुरबाट सरस्वती विश्वकर्मा, काठमाडौंबाट सजनी जोशी, सुमिना महर्जन र बिष्णु तिमिल्सिना, भक्तपुरबाट सुभाना रोक्का, झापाबाट करुणा श्रेष्ठ अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन्।

कार्यक्रममा विभिन्न गीत संगीत र नृत्यसमेत प्रस्तुत गरिएको थियो। सो अवसरमा विद्यार्थी कलाकारले नृत्य प्रस्तुत गरेका थिए भने गायक तथा संगीतकार ओम सुनार र लोकप्रिय गायिका तथा कार्यक्रम प्रस्तोता जुनु रिजाल काप्mलेले गीत प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतियोगिताको ग्रान्ड फिनाले आगामी असोज २८ गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिनेछ। प्रतियोगितामा कोरियोग्राफर आश्विनीकान्त झा रहनेछन् भने नृत्य कोरियोग्राफी सन्दीप भुजेलले सम्हाल्नेछन्। सहायक कोरियोग्राफर आईना गजुरेल हुनेछन्। समन्वय सम्राट शाह र गंगा महर्जनले गर्नेछन् भने प्रशिक्षक टोलीमा सञ्चार, सौन्दर्य, नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा सामाजिक उत्तरदायित्वका विज्ञहरूको सहभागिता रहेको छ ।

मिसेस नेपाल वल्र्ड २०२५ को विजेताले अमेरिकामा आयोजना हुने मिसेस वल्र्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। यसअघि २०२१ मा दिक्षा केसी, २०२३ मा पृथ्वीया थापा र २०२४ मा डेनिला कार्कीले उपाधि जितेका थिए। थापाले मिसेस वल्र्ड २०२३ मा सहभागी भई ह्युम्यानिटेरियन अवार्ड जितेर नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेकी थिइन्। आयोजक झाका अनुसार यस संस्करणलाई अन्तर्राष्ट्रिय उचाइमा पु¥याउन विशेष तयारी गरिएको छ।
तस्वीरहरु ः कुबेर डंगोल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी