एनएसजेएफ अर्वाडः चार विधाका खेलाडी मनोनयन सार्वजनिक

एनएसजेएफ अर्वाडः चार विधाका खेलाडी मनोनयन सार्वजनिक

  • शनिबार, भदौ २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौँ, २१ भदौः नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर््स अवार्डअन्र्तगत वर्ष २०८१ को पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका मनोनयन आज सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले २२औँ संस्करण स्पोर्टस् अवार्डअन्तर्गत चार विधाको मनोनयन सार्वजनिक गरेको हो ।

वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी तथा वर्ष प्रशिक्षकमा उत्कृष्ट पाँच–पाँच जनाको मनोनयन गरिएको छनोट समितिले जनाएको छ । वर्ष पुरुषमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, उसुका विजय सिञ्जाली, टेबलटेनिसका स्यान्टु श्रेष्ठ र खो खो खेलका जनक चन्द मनोनयनमा परेका छन् ।

महिलातर्फ करातेकी एरिका गुरुङ, फुटबलकी रेखा पौडेल, करातेकी एलिसा रास्कोटी मगर, खो खोकी मानमति धामी र भलिबलकी सलिना श्रेष्ठ परेका छन् । मञ्चका सचिव अनिल मल्ल ठकुरीको संयोजकत्वमा रहेको पाँच सदस्यीय छनोट समितिले खेलाडी र प्रशिक्षक छनोट गरेको हो । उक्त समितिमा निरञ्जन राजवंशी, प्रजित शाक्य, हिमेशरत्न बज्राचार्य र विराट रायमाझी छन् ।

वर्ष २०८१ मा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिताहरूमा प्राप्त सफलता र उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयन गरिएको मञ्चका सचिव ठकुरीले जानकारी दिनुभयो । उहाँले वर्ष २०८१ मा नेपाली खेलाडीले ऐतिहासिक सफलतासँगै उल्लेख्य नतिजा प्राप्त गरेकाले मनोनयनमा गर्न कठिन भएको बताउँदै एक वर्षभर नेपाली खेलकुदले पाएका सफलतालाई दस्तावेजका रूपमा राखिएकाले पनि छनोट गर्न केही सहज भएको उल्लेख गर्नुभयो ।

वर्ष युवा खेलाडीको मनोनयनमा एथलेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, क्रिकेटकी पूजा महतो, बक्सिङकी स्वस्तिका र फुटबलका समीर तामाङ परेका छन् । वर्ष प्रशिक्षकमा पारा तेक्वान्दोका कविराज नेगी लामा, करातेका कुशल श्रेष्ठ, बक्सिङका दीपक महर्जन, क्रिकेटका महेश रिजाल र खो खोका लक्ष्मीनारायण वैद्य मनोनयन परेका छन् ।

अवार्ड वितरण कार्यक्रम यही भदौ २९ गते पोखरामा आयोजना हुने मञ्चका सचिव ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा इभेन्ट सेन्टरमा हुने अवार्ड वितरणका दिन सबै विधाको विजेता घोषणा गरिनेछ । अवार्डअन्तर्गत ‘पिपल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक भइसकेको जनाउँदै उहाँले यस विधामा विजय सिन्जाली (उसु), पूजा महतो (क्रिकेट), हिमाल सुनारी (भलिबल), रेखा पौडेल (फुटबल) र इभाना थापा (टेबलटेनिस) रहेका बताउनुभयो ।

मनोनीत सबैको भोटिङका लागि प्रचारप्रसार तीव्र भइरहेको छ । नेपाल ओलम्पिक कमिटीमा आबद्ध खेल सङ्घका प्रमुख प्रशिक्षक र मञ्चका सदस्यहरूले दिएको मत यस विधाको विजेता छनोटको आधार हुनेछ । स्पोटर््स् अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ र ‘एसियन स्पोटर््स् जर्नालिस्ट अवार्ड’को घोषणा कार्यक्रमकै दिनमा घोषणा गरिनेछ ।

वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेताले जनही रु एक लाख र उपहार प्राप्त गर्ने मञ्चले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी