भदौ २१ काठमाण्डौँ । आज बिहान कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर पुन मगरको गाडीले एक स्थानीय बालिकालाई ललितपुरमा ठक्कर दिएर नरोकी हिँडेपछि स्थानीयले बिरोध गरेका छन् ।
बिहान करीब ७ बजे ललितपुर महानगरपालिका वडा नं २८ स्थित हरीसिद्धी माध्यमिक बिद्यालय अगाडी जेब्रा क्रस छेउमा बाटो काट्दै गरेकी ११ बर्षीया बालिकालाई मन्त्री सवार गाडीले ठक्कर दिएको र त्यसपछि बालिका सडकमै लडे पनि मन्त्री सो गाडी लिएर सिधै एमालेको विधान महाधिवेशन स्थल सनराईज हलतर्फ हिँडेका थिए ।
मन्त्री मगर चढेको को १ झ ६९९ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको थियो।
ललितपुरका एसपी चक्रराज जोशीका अनुसार घाइते बालिका ११ वर्षीया बालिका उषा मगर सुनुवार छिन्। उनलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो । उनको अहिले डिस्चार्ज भईसकेको छ ।
तर मन्त्री नै हिँडेको गाडीले ठक्कर दिएपछि भागेको भन्दै स्थानीयवासीले भने आक्रोश व्यक्त गर्दै केही बेर सडक अबरुद्ध पारेका थिए ।
त्यसपछि एमालेको विधान महाधिवेशन नै एक घण्टा ढिलो भएको थियो । ओलीले यो सानो दुर्घटनालाई लिएर राजनीतिककरण गरिएको र महाधिवेशन भाँड्ने प्रयास भएको भन्दै असन्तुष्टी जनाएका छन् ।