आजबाट नेपाल र चीनको सेनाले सँयुक्त सैन्य अभ्यास गर्ने

आजबाट नेपाल र चीनको सेनाले सँयुक्त सैन्य अभ्यास गर्ने

  • शनिबार, भदौ २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं । बेईजिङमा बिशाल सैन्य परेड सकेको तीन दिन पछि चीनीया जनमुक्ति सेनाको एक टुकडी नेपाल आएको छ । आजबाट नेपाली सेना र चीनीया जनमुक्ति सेनाले सँयुक्त सैन्य अभ्यास शुरु गर्दैछन् । यो अभ्यास दश दिन सम्म चल्नेछ ।

टोलीमा ३७ जना चिनियाँ जनमुक्ति सेना रहेको सैनिक स्रोतले जनाएको छ। सैन्य अभ्यास प्रतिआतंकवाद, युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित हुनेछ।

सगरमाथा फ्रेन्डसीप’ नाम दिइएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास गत वर्ष चीनको सिचुवान प्रान्तको छेन्दु नजिकैको सहर छोङछिङमा भएको थियो।

नेपाली सेना र चीनीया जनमुक्ति सेनाले गर्न लागेको यो पाचौँ सँयुक्त सैन्य अभ्यास हो ।

२०७४ वैशाख ३ देखि १२ गतेसम्म पहिलोपटक काठमाडौंमा नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी