मिस होस्टल नेपाल–२०२५ को उपाधि श्रेष्ठलाई

मिस होस्टल नेपाल–२०२५ को उपाधि श्रेष्ठलाई

  • बुधबार, भदौ १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, १८ भदौः मिस होस्टल नेपाल–२०२५ को उपाधि यहाना श्रेष्ठले प्राप्त गर्नुभएको छ । काराओके इन्टरटेन्मेन्ट प्रालिले होस्टल व्यवसायी सङ्घको सहकार्यमा गत साउन २५ गतेदेखि आजसम्म सञ्चालन गरेको उक्त प्रतियोगितामा प्लाटिनम गल्र्स होस्टल डिल्लीबजारकी छात्रा यहाना श्रेष्ठ प्रथम हुनुभएको छ । यसैगरी दोस्रोमा सेन्ट्रल गल्र्स होल्टल पुतलीसडककी छात्रा वन्दना खरेल र तेस्रोमा श्रीया गल्र्स होस्टल बुद्धनगरकी छात्रा स्वर्णिमा सापकोटा हुनुभएको छ ।

प्रथम, द्धितीय र तृतीय हुने छात्राहरुलाई क्रमशः रु एक लाख, रु ५० हजार र रु २५ हजार नगदसहित ताज, गिफ्ट ह्याम्पर तथा होस्टलबाट छात्रावृत्तिसमेत प्रदान गरिएको छ । प्रथम हुने श्रेष्ठलाई एभरेष्ट अस्पताल नयाँबानेश्वरले सद्भावना दूत नियुक्त गरेको छ ।

यस्तै मिस कोशी सुहाना मादेन लिम्बू, मिस मधेस खुस्बु खातुन, मिस बागमती रश्मीता शाक्य, मिस गण्डकी सुजाता बस्नेत, मिस लुम्बिनी स्वर्णिमा सापकोटा, मिस कर्णाली कविताकुमारी भण्डारी र मिस सुदूरपश्चिको उपाधि वन्दना खरेलले प्राप्त गर्नुभएको छ ।

यसैगरी अस्मिता महराले मिस कन्फिडेन्ट, याहान श्रेष्ठले मिस डिसिप्लिन, युनिशा थापाले मिस फोटोजेनिक, ऋतु बुढाथोकीलले मिस काइन्डहर्ट र सरीता शाहले मिस फेन्डसिपको उपाधि प्राप्त गर्नुभएको छ । उक्त प्रतियोगिताको कोरियोग्राफर समिता बज्राचार्य हुनुहुन्थ्यो ।

उक्त उपाधि नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक एवं प्रतिनिधिसभा सदस्य धुव्रबहादुर प्रधानले प्रदान गर्नुभयो । होस्टल व्यवसायी सङ्घका अध्यक्ष सुनिल भेटवालले यस्तो कार्यक्रमले होस्टेलमा बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई हौसला प्रदान गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

होस्टलमा पढिरहेका विद्यार्थीहरुको उच्च शिक्षाको लागि तथा लुकेको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले पहिलोपटक उक्त प्रतियोगिता आयोजना गरेको काराओके इन्टरटेन्मेन्टको प्रमुख खगेश रञ्जीतले जानकारी दिनुभयो । उक्त संस्थाले यसअघि मिस नेवाः आइकन, मिस नेवाः वल्र्ड, मिस नेशनललगायतका प्रतियोगिता गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी