अमेरीकाबाट थप ३७ नेपाली डिपोर्ट हुँदै, बुधबार काठमाण्डौँ ल्याईने

अमेरीकाबाट थप ३७ नेपाली डिपोर्ट हुँदै, बुधबार काठमाण्डौँ ल्याईने

  • मङ्लबार, भदौ १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौँ भदौ १६ । अमेरिकाबाट थप ३७ जना नेपाली डिपोर्ट भएका छन् । उनीहरुलाई बुधबार चार्टर विमान मार्फत काठमाण्डौँ ल्याईनेछ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले मंगलबार दिउँसो ओम्नी एयरको चार्टर विमानबाट उनीहरुलाई पठाउने जानकारी आएको बताए ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता यसअघि अमेरिकाले दुई सयभन्दा बढी नेपाली नागरिकलाई यसैगरी फिर्ता पठाइसकेको छ ।

प्रहरीका अनुसार‘डिपोर्ट’ भएर आउनेहरु अधिकांश संगठित गिरोहलाई रकम बुझाएर अवैधबाटोबाट अमेरीका प्रवेश गरेका हरु हुन् ।

दोस्रो कार्यकालका लागि ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएर २० जनवरी २०२५ पदभार सम्हालेसँगै अमेरिकाले गैरकानुनी रूपमा बसोबास गर्दै आएका नेपालसहितका आप्रवासीहरूलाई निष्कासन गर्ने नीति लिएको हो । अमेरिकाले नेपालसहितका मुलुकबाट अमेरिका पुगेका १४ लाख ४५ हजार ५ सय ४९ जनालाई निष्कासनको सूचीमा समेटेर नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई परिचालन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी