काठमाडौं, १५ भदौं । नेपाली महिला टोलीले आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
भूटानमा जारी साफ–१७ महिला च्याम्पियनसिपमा आफ्नो अन्तिम खेलमा नेपालले आइतबार घरेलु टोलीसँग खेल्न् लागिरहेको हो ।
सो खेल नेपाली समयअनुसार साँझ ५ः४५ वाट सुरू हुनेछ ।
सो खेलमा भारतले एक खेल अगावै उपाधि हासिल गरिसकेको छ भने जससँगै नेपाल र भूटान प्रतियोगिताबाट बाहिरि सकेका छन् । यो खेल औपचारिकताका लागि मात्र हुनेछ ।
प्रतियोगितामा अपराजित रहेको भारतले पाँच खेलमा १५ अङ्क जोडेर उपाधि जितेको हो भने दोस्रो स्थानमा रहेको बङ्गलादेशको समान पाँच खेलबाट १० अङ्क जोडन सफल भएको छ। नेपालको पाँच खेलमा तीन अङ्क र समान खेलमा भूटानको एक अङ्क रहेको छ । आजै भारत र बंगलादेश बिच पनि प्रतिस्पर्धा हुदैँछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline