डिजिटल युगमा पुस्तकालयः क्रान्तिकारीले सुरु गर्‍यो खुला वक्तृत्व प्रतियोगिता

डिजिटल युगमा पुस्तकालयः क्रान्तिकारीले सुरु गर्‍यो खुला वक्तृत्व प्रतियोगिता

  • आइतवार, भदौ १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं ।

“डिजिटल पुस्तामा पुस्तकालयको भविष्य के हुनेरु” यही प्रश्नलाई आधार बनाएर अखिल (क्रान्तिकारी)ले खुला डिजिटल वक्तृत्वकला प्रतियोगिताको घोषणा गरेको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता सार्वजनिक गरिएको हो।

फ्याक्सन इन्चार्ज हिमाल शर्माले यो कार्यक्रमलाई “इतिहासलाई डिजिटल रूपमै सुरक्षित गर्ने कोसेढुङ्गा” को रूपमा व्याख्या गरे। शर्माले सो प्रतियोगिता इतिहासको दस्तावेजीकरणको लागि कोषेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । उनका अनुसार, पुस्तकालय र दस्तावेजीकरणको भूमिका प्रविधि युगमा झन् महत्त्वपूर्ण बन्दै गएको छ।

त्यसैगरी, संगठनका अध्यक्ष विजय प्रकाश सापकोटाले पनि  “डिजिटलाइजेसनको बाढीबीच पुस्तकालय अझ आवश्यक, अझ जीवित” भन्दै पुस्तकालय विभागको रचनात्मक कार्यक्रमको प्रशंसा गरे।

महासचिव रोशन थापामगरले विगतमा पनि यस्ता कार्यक्रम गर्दै आएको स्मरण गर्दै, अबका सबै गतिविधि प्रविधिमैत्री र युगअनुकूल हुनुपर्नेमा जोड दिए।

प्रतियोगितामा कसरी भाग लिन सकिन्छ

कार्यक्रमकी विभागीय प्रमुख समकृति पुनका अनुसार, देश वा विदेशमा रहेका नेपालीले नेपाली भाषामा तयार गरिएको अधिकतम ५ मिनेट लामो भिडियो पठाउनुपर्ने छ।

पठाउने ठेगाना:

विभागको इमेल annisu.r.library@gmail.com

अन्तिम मिति: भदौ ३१ गते राति १२ बजेसम्म

मूल्याङ्कन प्रणाली:

क्षेत्र–विषयगत मूल्याङ्कन: ६० अंक

सामाजिक सञ्जालमार्फतको मूल्याङ्कन: ४० अंक

प्राप्त सबै भिडियो संगठनको आधिकारिक पेजमार्फत सार्वजनिक गरिनेछ।

कार्यक्रममा उपाध्यक्ष उमेश कडेल, उपमहासचिव जटिल कार्की र निरोज श्रेष्ठ, सचिव युन्छो हाङ मावो लिम्बु, कोषाध्यक्ष फूलमाया राना लगायतका नेताहरूको उपस्थिति थियो। कार्यक्रममा सञ्चालन केन्द्रीय सचिवालय सदस्य उद्धव रिजालले गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ