नेपाल ए द्धारा आसाम क्रिकेट पराजित

नेपाल ए द्धारा आसाम क्रिकेट पराजित

  • शुक्रबार, भदौ १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौं । भारतको गुहाटीमा जारी आसामसँगको पाँच खेल सम्मिलित टी–२० सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ले आसाम क्रिकेट एसोसियनलाई ९६ रनले हराएको छ। टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनाएको थियो।

नेपालले दिएको १७४ रनको विजयी लक्ष्य पछ्याएको आसाम १५।२ ओभरमा ७७ रन बनाउँदै अलआउट भयो। आसामका लागि रुहिनन्दन पेगुले सर्वाधिक १७ रन बनाए। उनले २४ बलमा १ चौका प्रहार गरे। शिवशंकर रोयले १६, आकाश सेनगुप्ताले १० रन बनाए। मिर्नमोय दत्तले ८ बलमा २ छक्कासहित १५ रन बनाए।

ओपनरद्वय सुमित कश्यप र सुमित घादिगान्कर १र१ रनमा पेभेलियन फर्किदा आसामको ब्याटिङ धरापमा परेको हो। नेपालको बलिङमा युवाराज खत्रीले सर्वाधिक ४ विकेट लिए। वसिर अहमदले ३ विकेट लिँदा विवेक यादव, आकाश चन्द र कमल सिंह ऐरीले समान १–१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए। उनले २३ बलमा १ चौका र ३ छक्का प्रहार गरेका हुन्। ओनपर देव खनालले ३१, पवन सर्राफले ३१, आदिल आलमले १४ र वसिर अहमदले २७ रन बनाए। विवेक कुमार यादव २६ र कमल सिंह ऐरी १ रनमा अविजित रहे।

आसामका लागि बलिङमा आकाश सेनगुप्ताले सर्वाधिक ३ विकेट लिए। अभिनव चौधरीले २, र आयुष्मान मालाकर र अभिलाश गोगोइले १–१ विकेट लिए।
नेपालले पहिलो खेलमा आसामसँग डील प्रणालीको आधारमा १५ रनको हार बेहोरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी