कैलालीमा खोलामा नुहाउने क्रममा डुबेर चार जनाको मृत्यु

कैलालीमा खोलामा नुहाउने क्रममा डुबेर चार जनाको मृत्यु

  • बिहिबार, भदौ १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

भदौ १२ काठमाण्डौँ । कैलालीमा खोलामा नुहाउन गएका ४ जना किशोरको मृत्यु भएको छ। गोदावरी नगरपालिका–९ को खुटिया खोलामा नुहाउन गएका ४ किशोरको डुबेर ज्यान गएको हो।

खोलामा ७ जना गएको भए पनि ३ जना भने पौडिएर निस्किएको प्रहरीले जनाएको छ। मृतकमध्ये २ जना धनगढी उपमहानगरपालिका–५ तारानगर र हसनपुरका हुन् भने २ जना धनगढी उपमहानगरपालिका–४ का हुन्।

तारानगरका १६ वर्षीय सक्षम जोशी, हसनपुरका १७ वर्षीय प्रतिक चौधरी, धनगढी उपमहानगरपालिका–४ का १७ वर्षीय जेब भण्डारी र १७ वर्षकै जाबेज भण्डारीको डुबेर मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार जेब र जाबेज जुम्ल्याहा दाजुभाइ हुन्। मृतक चारै जना किशोर धनगढीको वाल्मिकी इन्टरनेसनलमा कक्षा ११ मा अध्ययरत विद्यार्थी थिए।

मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

उनीहरू बिहीबार दिउँसो साढे १२ बजे बेपत्ता भएका थिए। स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा खोजी गर्दा उनीहरूको शव अपराह्न साढे ४ बजे फेला परेको हो।

उनीहरूसँगै गएका १७ वर्षीय नवीन डडाल, १७ वर्षीय युवराज कुँवर र १७ वर्षीय आकाश मल्ल भने सकुशल छन्।

घटनापछि स्थानीय शोकमा डुबेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ