१८ भदौपछि अनिश्चितकालीन बिद्यालय बन्द गर्ने निजी विद्यालय संस्थापकहरुको चेतावनी

१८ भदौपछि अनिश्चितकालीन बिद्यालय बन्द गर्ने निजी विद्यालय संस्थापकहरुको चेतावनी

  • बिहिबार, भदौ १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौँ । निजी विद्यालय सञ्चालक संस्थाहरूले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधान संशोधन नभए १८ भदौपछि अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।

बिहीबार प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउने, ‘पूर्ण छात्रवृत्ति’ भन्ने प्रावधान, विद्यालयले उत्पादन नगर्ने सामग्री ९पोशाक, किताब, यातायात, खाना–खाजा० अनिवार्य गर्ने व्यवस्था लगायतका धाराहरू खारेज गर्नुपर्ने माग गरिएको छ । साथै छात्रवृत्ति वितरणको अधिकार विद्यालयमै रहनुपर्ने र हाल कायम विभेदकारी प्रावधानहरू खारेज गर्नुपर्ने मागसमेत राखिएको छ ।

संयुक्त आन्दोलनका कार्यक्रमअन्तर्गत १३ भदौमा जिल्ला सदरमुकाम र काठमाडौँ उपत्यकामा खबरदारी सभा गर्ने, १६ भदौमा देशभर स्कुलबसमा कालो झण्डा र ब्यानरसहित ज्याली प्रदर्शन गर्ने, १८ भदौमा पुनः बृहत खबरदारी सभा गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी