नेपाल साउथ अस्ट्रेलियासँग पराजित

नेपाल साउथ अस्ट्रेलियासँग पराजित

  • बिहिबार, भदौ १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, १२ भदौः नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो अभ्यास खेलमा साउथ अष्ट्रेलियासँग पराजित भएको छ । अष्ट्रेलिया आज भएको खेलमा नेपाल साउथ अष्ट्रेलियासँग तीन विकेटले पराजित भएको हो ।

नेपालले प्रस्तुत गरेको एक सय ४७ रनको लक्ष्य पछ्याएको साउथ अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । साउथ अष्ट्रेलियाका लागि विन्टरले सर्वाधिक ३६ रनको योगदान दिए । होगेनबोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई र कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४६ रनको योगफल बनाएको थियो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रनको योगदान दिए भने दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन बनाए । साउथ अष्ट्रेलियाका लागि थोम्पसन, ब्राउन र मनेन्टीले समान दुई/दुई विकेट लिए भने म्याकफाडेन र मेन्जिसले समान एक/एक विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी