विराटनगर । विराटनगरस्थित मोरङ जिल्ला कारागारको शौचालयमा एक महिला कैदीको शव फेला परेको छ । मोरङ कारागारका प्रमुख गौरव ढुङ्गेलले महिलाको शव फेला परेको जनाएका छन् ।
मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीय राधा भट्टराई हुन् ।
ढुङ्गेलका अनुसार महिला सेलको शौचालयभित्र बिहान ४ बजे झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो ।
उनलाई कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले जन्मकैद २०८१ कात्तिक ७ गते २० वर्ष कैद सजाय सुनाएको थियो । भट्टराई दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फालेकी थिइन् ।
उनी र एक सन्तानको उद्धार भएको थियो भने एक सन्तानको मृत्यु भएपछि उनीमाथि कर्तव्य ज्यान मुद्दा चलेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline