काठमाडौँ । ललितपुरको भनिमण्डलबाट प्रहरीले स्रोत नखुलेको ९१ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट खटिएको विशेष टोलीले सिन्धुली घर भएका गौरव स्याङ्तानलाई नियन्त्रणमा लिएको हो।
उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले गौरवको साथबाट सो अवैध रकम र पैसा गन्ने मेसिन समेत बराम गरेको जानकारी दिए । यस्तै उनको साथबाट १ किलो ४०० ग्राम गाँजा समेत बरामद गरेको छ ।
अवैध रकमको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline