सुटकेश भित्रवाट महिलाको शब बरामद

सुटकेश भित्रवाट महिलाको शब बरामद

  • आइतवार, भदौ ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

रौतहट, ८ भदौं । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालबा मोड नजिक सुट केश भित्र बाट एक महिलाको शब बरामद भएको छ।

हत्या गरि सुटकेश भित्र बन्द गरी शनिवार राती करिब ८ बजेको समयमा सडकको पश्चिम किनारमा फालिएको सुटकेश भित्रबाट शब फेला परेको हो।

डोरीले बेरिएको सुटकेश लबारिश अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए। सुचना पछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएका टोलीले सुट केश भित्र शब रहेको थाहा पाएपछी घटनास्थल रात भरि घेरा हालेर सुरक्षा प्रदान गरेकोमा आइतवार बिहान सुट केश खोल्दा बिबाहित महिलाको शब भेटिएको प्रहरीले जनाएको छ।

रौतहट जिल्लामा यस्तो अवस्थामा शब भेटिएको यो पहिलो घटना रहेकोले स्थानीयहरू चकित देखिएका छन्।

गुलाबी रंगको कुर्ता सुरुवाल लगाएकी महिलाको उमेर करिब ३५ वर्षको रहेको अनुमान गरिएको छ। सुटकेश भित्र राखिएको महिलाको टाउकोमा गहिरो चोट देखिएको घटना स्थलमा पुगेका प्रहरी अधिकारीले जनाएको छ।

केही कागजात पनि भेटिएको छ भने महिलाको सुरुवालको खल्ती बाट केहि नगद रुपैया पनि भेटिएको प्रहरीले जनाएको छ।

बेवारिश अवस्थामा भेटिएको महिलाको शब पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भै रहेको नायव प्रहरी उपरिक्षक राजु कार्कीले जनाएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी