न्यायको आवाजलाई बुलन्द बनाउन नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोडौँ: मन्त्री पन्त

न्यायको आवाजलाई बुलन्द बनाउन नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोडौँ: मन्त्री पन्त

  • शनिबार, भदौ ७, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौँ, ७ भदौः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले साहित्य चिन्तनले सामाजिक न्यायको आवाजलाई बुलन्द बनाउने भन्दै नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोड्न आह्वान गर्नुभएको छ ।

आज यहाँ आयोजित साहित्य सन्ध्या वार्षिक पुरस्कार तथा सम्मान अर्पण समारोहमा उहाँले विश्वमै आर्थिक स्वार्थले न्यायको आवाज दबाइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

मन्त्री पन्तले विश्वमा भइरहेको अन्यायविरुद्धको आवाजलाई साहित्यका विभिन्न विधामार्फत उतार्न सकिने भन्दै नयाँ पुस्तालाई सिर्जनशील अभियानमा जोड्नुपर्ने आवश्यकता आँैल्याउनुभयो । “पछिल्लो समय न्यायप्रतिको आवाज कमजोर भएको छ । हिजो विश्व जति प्रखर भएर त्यस्ता कुराको विरोध गर्दथ्यो,आज धेरै जना मौन छौँ । आर्थिक स्वार्थहरूले यी आवाज दबिरहेका छन्”, उहाँले भन्नुभयो, “साहित्य सञ्जाल सांस्कृतिक, वैचारिक र सृजनात्मक आन्दोलन हो । नयाँ पुस्तालाई यसमा जोड्न सक्नुपर्छ ।”

पछिल्लो समय मानविकी सङ्कायमा विद्यार्थीको घट्दो आकर्षणबारे चर्चा गर्दै मन्त्री पन्तले शिक्षालाई कसरी सीपमूलक, प्रविधिमैत्री र उत्पादनमूलक बनाउन सकिन्छ भन्नेमा सरकार केन्द्रित भएको बताउनुभयो । “हिजोको शिक्षा बढी ज्ञानसँग जोडिन्थ्यो, आजको शिक्षा विज्ञानसँग जोडिएको छ । यसरी ज्ञान र विज्ञानको द्वन्द्वमा हामी बढी उन्नत, चिन्तनशील र श्रमशील नागरिक कसरी जन्माउँछौँ, त्यो धेरै महत्त्वपूर्ण कुरा हो”, उहाँले भन्नुभयो ।

साहित्य सन्ध्याद्वारा पाँज जना सम्मानित

कार्यक्रममा शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा संलग्न पाँच जनालाई सम्मान गरिएको थियो ।
पुरस्कृत एवं सम्मानित हुनेमा स्रष्टाहरू प्रा डा कपिल लामिछाने, नवराज श्रेष्ठ, भवानी खतिवडा, स्वास्थ्य शिक्षा तथा स्वास्थ्यसेवी डा मञ्जु दाहाल र काभ्रेको दाप्चाका विद्यार्थी सरोज अधिकारी हुनुहुन्छ ।

रु २१ हजार एक सय राशिसहितकोे साहित्य सन्ध्या पुरस्कार तथा सम्मानबाट स्रष्टा प्रा डा लामिछाने, रु पाँच हजार राशिसहित साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मानबाट श्रेष्ठ, रु १० हजार राशिसहित साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मानबाट डा दाहाल पुरस्कृत हुनुभयो । यस्तै, रु १० हजार राशिसहित साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र बालकुमारी सत्याल) पुरस्कार तथा सम्मानबाट विद्यार्थी अधिकारी र रु १० हजार राशिसहित साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार तथा सम्मानबाट स्रष्टा खतिवडा सम्मानित हुनुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ