कोशराज रेग्मी पत्रकारिता पुरस्कार कोइरालालाई

कोशराज रेग्मी पत्रकारिता पुरस्कार कोइरालालाई

  • शनिबार, भदौ ७, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

मोरङ,७ भदौः कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, २०८२ नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालालाई प्रदान गरिएको छ ।

पिताम्वर–खिलेश्वरी स्मृति प्रतिष्ठान र नेपाल पत्रकार महासङ्घ मोरङले आज यहाँ आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले रु २५ हजारसहित कोइरालालाई सम्मान गर्नुभयो । त्यस अवसरमा सभामुख विष्टले कोशी प्रदेश सरकारले ल्याउन लागेको प्रदेश सञ्चार प्रतिष्ठान विधेयक पत्रकारहरुको हितका लागि भएको बताउनुभयो ।

यसअघि उक्त पुरस्कार महासङ्घका पूर्वअध्यक्षहरु हरिहर विरही, विष्णु निष्ठुरी र धर्मेन्द्र झाले प्राप्त गर्नु गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी