सुशासन कायम गर्ने अभियानमा छौँ : अध्यक्ष दाहाल

सुशासन कायम गर्ने अभियानमा छौँ : अध्यक्ष दाहाल

  • शुक्रबार, भदौ ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

कास्की, ६ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासन कायम गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताउनुभएको छ ।

तीजका अवसरमा पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेलमा आजदेखि सुरु भएको ऐतिहासिक टुँडिखेल तीज महोत्सवको तेस्रो संस्करण उद्घाटन गर्दै उहाँले आफू सरकारमा रहँदा सुशासन अभियान सुरु गरेको र अहिले पनि निरन्तरता दिइरहेकोले सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “हामी सबै खालका आर्थिक पछौटेपनको अन्त्य गरेर आर्थिक समृद्धिको नयाँ अभियान लिएर अगाडि बढेका छौँ । देशमा समृद्धि हासिल गर्न सुशासन अपरिहार्य छ ।”

अध्यक्ष दाहालले तीज पर्व नेपाली महिलाहरूको सम्मानको पर्व रहेको उल्लेख गर्नुभयो । उहाँले तीजलाई मौलिक पर्वका रूपमा मनाउनसमेत आग्रह गर्नुभयो ।

कार्यक्रममा स्रष्टा सम्मानतर्फ गोविन्द कोइराला र शिक्षा क्षेत्रमा उल्लेख्य योगदान दिएबापत स्वर्गीय सिद्धी गौचनका परिवारलाई सम्मान गरिएको थियो । इन्द्रेणी एकीकृत विकास समाजको आयोजनामा सुरु भएको महोत्सव आगामी भदौ १५ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा दैनिक उपभोग्य, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ताकपडासँगै अन्य विभिन्न गरी १५० व्यापारिक स्टल, १२ रेष्टुरेन्टका स्टल, बाल उद्यान रहेका आयोजक संस्थाका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ