विद्यादेवी भण्डारीले छाडेको पार्टी सदस्यता नवीकरण हुँदैन : ओली

विद्यादेवी भण्डारीले छाडेको पार्टी सदस्यता नवीकरण हुँदैन : ओली

  • शुक्रबार, भदौ ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खोसिएको भन्ने भण्डारीको आरोपमा सत्यता नभएको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालयमा आजपाका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले भण्डारीले छोडेको सदस्यता नवीकरण नहुने बताए ।

‘अहिले च्यासलले सदस्यतामा प्रश्न उठायो भनेको सुनिरहनुभएको छ’, उनले भने,‘कसैको सदस्यता खोसेको पनि छैन र खोस्नुपर्ने आवश्यकता पनि छैन ।’

पूर्वराष्ट्रपतिको सदस्यता खोसेको होइन, भ्रम नपरोस् । उहाँले सदस्यता छाडेर राष्ट्रपति हुन जानुभएको हो । छोडेको सदस्यता नवीकरण हुँदैन, भइरहेको मात्र नवीकरण हुन्छ’, ओलीले भने, ‘कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र ?’

अध्यक्ष ओलीले २ पटक राष्ट्रपति भइसकेको व्यक्तिले पार्टीमा यस्तो समस्या खडा गर्नुहुन्छ भन्ने आफूले कल्पना समेत नगरेको बताए ।

‘मदन भण्डारीको अर्को वर्षको जन्मदिन मनाउन अहिलेदेखि पार्टी कार्यालय खोलेर पार्टीविरुद्ध भेला गरेर बसेको देखिन्छ’, ओलीले कटाक्ष गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ