‘सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आबद्ध गराउँदै छौँ’

‘सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आबद्ध गराउँदै छौँ’

  • शुक्रबार, भदौ ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, ६ भदौः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आबद्ध गराउन लागिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको जवाफ दिँदै उहाँले सबैको सामाजिक सुरक्षाका लागि कोषमा लैजाने गरी आवश्यक व्यवस्था गर्न लागिएको बताउनुभएको हो ।

मन्त्री भण्डारीले हालसम्म वैदेशिक रोजगारमा जानेहरूमध्ये १८ लाख ३५ हजार कोषमा आबद्ध भएको जानकारी गराउनुभयो । उहाँले अनौपचारिक क्षेत्रका सबै नेपाली र सबै श्रमिकलाई कोषमा लैजान लागिएको र यसमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

सरकारले संयुक्त अरब इमिरेट्स (युएई) सँग सम्झौता गरी त्यहाँ जाने नेपाली श्रमिकलाई न्यूनतम् पारिश्रमिक तोकेको, साउदी अरबसँग पनि द्विपक्षीय सम्झौता गर्न लागिएको मन्त्री भण्डारीले जानकारी दिनुभयो । “दक्ष वा अर्ध दक्ष कामदार पठाउने र न्यूनतमभन्दा पनि अधिकतम् पारिश्रमिक कति दिन सकिन्छ भन्नेतिर सरकारले ध्यान दिन लागेको छ”,उहाँले सुनाउनुभयो,“श्रम र रोजगार क्षेत्रलाई ‘डिजिटाइज’ गर्ने र ‘एआई च्याटबोर्ड’ पनि सुरु गर्न लागिएको छ ।”

मन्त्री भण्डारीसँग सांसद पूर्णबहादुर घर्तीले स्थानीय तहमा रोजगारी सृजना गर्नुपर्नेमा त्यसो हुन नसकेको, सामाजिक कोषमा आबद्धता र अन्यलाई आबद्ध गराउने कार्यक्रमबारे प्रश्न सोध्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ