जिम्मेवार व्यक्ति शिक्षा क्षेत्रको सुधारमा चुकिरहेका छन्ः नेता डा कोइराला

जिम्मेवार व्यक्ति शिक्षा क्षेत्रको सुधारमा चुकिरहेका छन्ः नेता डा कोइराला

  • शुक्रबार, भदौ ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, ६ भदौः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जिम्मेवार व्यक्ति शिक्षा क्षेत्रको सुधारमा चुकिरहेका बताउनुभएको छ ।

यहाँ आज आयोजित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औँ वार्षिक उत्सव तथा नमूना सामुदायिक सिकाइ केन्द्रको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेता डा कोइरालाले नेपालको भविष्य शिक्षासँग प्रत्यक्ष रूपमा जोडिएको भए पनि नीतिनिर्माण तहमा बसेका तथा जिम्मेवार व्यक्तिहरूले अझै वास्तविक काम रुपमा नगरेको बताउनुभयो ।

विद्यालयलाई केवल शिक्षण संस्था मात्र नभई सामुदायिक गौरवको केन्द्र बनाउनुपर्नेमा नेता डा कोइरालाले जोड दिनुभयो । “हामी नेपालीमा अपार क्षमता छ, तर त्यसलाई उजागर गर्न सकेका छैनौँ । शिक्षकलाई सबल र सक्षम बनाउन सकिएन भने राष्ट्रलाई सबल बनाउन सकिँदैन । जबसम्म शिक्षकलाई राम्रो तलब, उचित सुविधा र सम्मान दिन सकिँदैन, तबसम्म गुणस्तरीय शिक्षा दिन सकिँदैन”, उहाँले भन्नुभयो ।

शिक्षित समाज निर्माण राष्ट्रको समृद्धिको पहिलो आधार भएकाले आजको चुनौती भनेकै शिक्षा नीतिलाई प्राथमिकतामा राख्ने विषय भएको नेता डा कोइरालाले बताउनुभयो ।

“सरकारले मात्र होइन, समाज र समुदायले पनि शिक्षा सुधारलाई आफ्नै जिम्मेवारीका रूपमा लिनुपर्छ । शिक्षा क्षेत्रलाई राजनीति वा व्यक्तिगत स्वार्थको खेल बन्न दिनु हुँदैन”, उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ