नेपाली महिला टोली आज भुटानसँग भिडदै

नेपाली महिला टोली आज भुटानसँग भिडदै

  • शुक्रबार, भदौ ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौं, ६ भदौं । नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

साफ यू–१७ महिला च्याम्पियनसिपको जारी खेलमा नेपालले आयोजक भुटानको सामना गर्न लागेको हो ।

यो खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजेदेखि शुरु हुनेछ । पहिलो खेलमा नेपाल भारतसँग र भुटान बंगलादेशसँग पराजित भएर आएका टोली हुन् ।

यस अघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७–० को हार बेहोरेको थियो भने भुटान बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।

आगामी अगस्त ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएका छन् । डबल राउण्ड–रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले यस प्रतियोगितामा अब अर्को खेल अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।

नेपाली खेलाडी
गोलकिपरः झरना दुमराकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ ।

डिफेन्डरः दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्शु डोल्मा लो, पुर्णिमा ताडी, अनु माझी, मिन माया श्रेष्ठ र अंशु विक ।

मिडफिल्डरः डिकी स्यान्गो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा विक, बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सिर्जना बडुवाल ।

फरवार्डः अस्मिता मगर, यम कुमारी विक, अनिता राना मागर र दिक्षा रानपाल ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी