म राजनीतिमा लाग्दा एमाले जन्मिएकै थिएन : बिद्या भण्डारी

म राजनीतिमा लाग्दा एमाले जन्मिएकै थिएन : बिद्या भण्डारी

ईश्वर पोखरेल सहित एमालेका तीन पदाधीकारी बिद्या भण्डारीको साथमा

  • बिहिबार, भदौ ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

५ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको बताएकी छिन् ।

आज काठमाडौंको थापाथलीमा सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

‘मैले सबै कुरा नजिकबाट हेरिरहेको छु । म पनि राजनीतिक दलसँग आबद्ध भएर, हामी सुरु हुँदा नेकपा एमाले भन्ने जन्मिसकेको थिएन,’ भण्डारीले भनिन्, ‘म भोजपुरमा जन्मिएको मान्छे, धनकुटामा रातो झण्डा ग्रुप भन्ने थियो । हामी त्यसको सम्पर्कमा थियौं । विस्तारै कोअर्डिनेशन केन्द्र जन्मियो । त्यो हुँदै माले भयो । माले स्थापनाको पहिलो सन्देश छर्ने काम हामीले भोजपुरमा गरेका थियौं ।’

उनले अहिले एमालेले के न हो भन्ने परिरहेको भन्दै ब्राण्डजस्तै बनाउन खोजिएको पनि बताइन् ।

‘एमाले भनेको एकदमै के हो भन्ने परिरहेको होला । एकीकृत मार्क्सवादी, लेनिनवादी हो । कम्युनिस्ट पार्टीले आफ्नो अगाडि एउटा उपमा झुन्ड्यायो । हामी मार्क्सवाद, लेनिनवाद मान्छौं भनेका हौं,’ भण्डारीले भनिन्, ‘मार्क्सवादी भन्ने छुट्टै पार्टी थियो, माले भन्ने छुट्टै थियो । माले र मार्क्सवादीको बीचमा एकता भएको हुनाले एकीकृत मार्क्सवादी लेनिनवादी भएको हो ।’

उनले अघि थप भनिन्, ‘अहिले एमाले भनेको एउटा ब्रान्डजस्तो भएको छ । खासमा नेकपा हो । नेपाल कम्युनिस्ट पार्टी ।’

उनले आफू एमालेको कार्यकर्ता भएर काम गरीरहने बताईन् ।

एमालेले औपचारीक रुपमा आफ्र्रलाई पार्टी राजनीतिमा आउने बाटो बन्द गरिदिएपछि भण्डारीले सम्पर्क कार्यलय खोलेर सक्रियता जनाउन थालेकी छन् ।

उनको पक्षमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे खुलेर लोका छन् । उनीहरु आज सम्पर्क कार्यलय उद्घाटनमा पनि सहभागी भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ