विपिन जोशीको अवस्था अझै अज्ञात : परराष्ट्र मन्त्रालय

विपिन जोशीको अवस्था अझै अज्ञात : परराष्ट्र मन्त्रालय

  • बिहिबार, भदौ ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

सरकारले सबै प्रयासका बाबजुद पनि विपिन जोशीको अवस्था अझै अज्ञात रहेको बताएको छ।

उनकी आमा र बहिनी हाल इजरायल पुगेको सन्दर्भमा बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको रिहाइका लागि उठाइरहेको बताएको हो।

‘यी सबै प्रयासका बाबजुद निज विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ, यसै क्रममा निजको आमा र बहिनी हाल इजरायल पुग्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निजहरूले त्यहाँका महामहिम राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, इजरायलका लागि अमेरिकी राजदूत तथा अन्य पिडित परिवारका सदस्यहरूसँग भेटघाट गरी निजको रिहाइका लागि आवाज उठाउनुभएको छ भने उहाँहरूको भ्रमणको सहजीकरण इजरायलस्थित नेपाली राजदूतावासबाट भइरहेको व्यहोरा पनि अनुरोध छ।’

मन्त्रालयले विपिनको रिहाइको विषयलाई उच्च प्राथमिकतामा राखेर विदेशस्थित सबै रादूतलाई सक्रिय बनाएको समेत दाबी गरेको छ। ‘यस विषयलाई उच्च प्राथमिकतामा राखी मन्त्रालयले विदेशस्थित सबै नेपाली राजदूतहरूलाई त्यहाँ रहेका आफ्ना कतारी र इजिप्सियन समकक्षीहरूलाई भेट गरी नेपाल सरकारको अनुरोध आ(आफ्ना सरकार समक्ष पुर्‍याउन अनुरोध गर्न निर्देशन दिएकोमा सोही बमोजिम भेटघाट गरी मन्त्रालय र नेपाल सरकारको चासो सञ्चार गरी प्रतिवेदनहरू पनि प्राप्त भएका छन्,’ ती पहलको विवरण उल्लेख गर्दै भनेको छ, ‘यसैगरी, जेनेभास्थित नेपाली राजदूतले अन्तर्राष्ट्रिय रेडक्रसका प्रमुखसँग भेटघाट गरी निज विपिन जोशीको रिहाइको सम्भावना बारे छलफल समेत गर्नुभएको छ भने इजरायल र कतारमा रहेका नेपाली राजदूतहरूले यस विषयलाई प्रमुख कार्यभारको रुपमा लिई कार्यसम्पादन गरिरहनुभएको छ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ