लिपुलेकबारे चीन र भारतबीचको सहमतिप्रति नेपालको चासो, लिपुलेक नेपालको अभिन्न अंग हो

लिपुलेकबारे चीन र भारतबीचको सहमतिप्रति नेपालको चासो, लिपुलेक नेपालको अभिन्न अंग हो

  • बुधबार, भदौ ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ । भारत र चीनबिच लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमतिप्रति नेपाल सरकारले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यलाई पुनः एकपटक स्पष्ट पारेको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ(ुनेपालको संविधानमा देशको आधिकारिक नक्सा समावेश भइसकेको छ र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू(भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ।

नेपालले उक्त भू(भागमा कुनै पनि किसिमको गतिविधि नगर्न भारतलाई पटक(पटक आग्रह गरेको स्मरण गराउँदै मन्त्रालयले विज्ञप्तिमा भनेको छ–ुनेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माणरविस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको व्यहोरा पनि विदितै छ। साथै, उक्त क्षेत्र नेपाली भू(भाग भएको विषयमा मित्रराष्ट्र चीनलाई समेत औपचारिक रूपमा जानकारी गराइसकिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

दुई देशबिच सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सधैँ तयार रहेको अडानलाई सरकारले पुनः दोहोऱ्याएको छ।

ुनेपाल(भारतबिच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि(सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबिचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहिआएको छ,ु विज्ञप्तिमा उल्लेख छ ।

भारत र चीनबिच बुधबार भएको यो सहमति नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ