टप एन्ट टी –२० मा नेपालको लगातार दोस्रो जीत, सोमपाल कार्मी निर्णायक

टप एन्ट टी –२० मा नेपालको लगातार दोस्रो जीत, सोमपाल कार्मी निर्णायक

  • बुधबार, भदौ ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

भदौ ४ काठमाण्डौँ । सोमपाल कामीको घातक बलिङमा मेलबर्न रेनेगड्सलाई हराउँदै नेपालले अस्ट्रेलियामा जारी टप इण्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ।

बुधबार भएको खेलमा नेपालले मेलबर्नलाई ३३ रनले पराजित गर्दै सिरिजमा दोस्रो जित निकाल्यो । नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित २० ओभरमा १० विकेटको क्षतिमा १ सय ६ रन मात्र बनाउन सक्यो।

मेलबर्नका लागि अर्जुन नैर २६ रन बनाउँदा सोमपाल कामीको बलमा बोल्ड आउट भए। जय लेमिरे १८ रनमा रन आउट भए। ह्यारी डेक्सनले १६ रन थपे। ओलिभर पिक १४ रनमा रनआउट भए। नेपालका लागि सोमपाल कामीले ५ विकेट झारे।

कुशल भुर्तेलले दुई विकेट लिए। साहव आलम र रुपेश सिंहले समान एक विकेट आफ्नो नाममा गरे। त्यसअघि डार्विनस्थित काजालिस एरिना पामर्स्टनमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि कुशल मल्लले २९ र दिपेन्द्र सिंह ऐरिले २७ रन बनाए। लोकेश बमले २४ रन थपे। रुपेश सिंह १६ रनमा नटआउट रहे। भीम सार्की १७ र आरिफ शेख १२ रन बनाउँदै पेभेलियन फर्के। गुल्सन झा २ र कुशल भुर्तेल १ रनमा आउट भए।

सिरिजको अन्तिम खेलमा नेपालले शुक्रबार पाकिस्तानको साहिन्सविरुद्व खेल्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी