संसद् भवन निर्माणको काम कार्यतालिकाअनुसार सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

संसद् भवन निर्माणको काम कार्यतालिकाअनुसार सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

  • मङ्लबार, भदौ ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, ३ भदौः उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको काम कार्यतालिकाअनुसार सम्पन्न गर्न निर्देशन दिनुभएको छ । निर्माण कम्पनीले मन्त्रालयमा बुझाएको कार्यतालिका बमोजिम काम भएको नपाइएपछि उपप्रधानमन्त्री सिंहले आज मन्त्रालयमै बोलाएर निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो ।

सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनमा संसदीय समिति, प्रधानमन्त्री, राष्ट्रपतिसहित सबै नागरिकको चासो जोडिएको भन्दै उहाँले कुनै पनि अवस्थामा समयमै काम हुनुपर्ने बताउनुभयो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो,“समन्वयात्मक रूपमा अघि बढुनुहोस् । कार्यतालिका बमोजिम काम गर्नुहोस् । संसद् भवनकै कारण मन्त्रालयमाथि प्रश्न उठेको छ । केही समस्या परे मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्छ, तर काममा आलटल स्वीकार्य हुँदैन ।”

उहाँले निर्माण कम्पनीलाई नियमित प्रगति विवरण पेस गर्न र भवन विभागलाई कामको नियमित अनुगमन गर्न निर्देशन पनि दिनुभयो ।

छलफलमा मन्त्रालयका सचिव, भवन विभागका महानिर्देशक, आयोजना प्रमुख, कन्सल्टेन्ट र निर्माण व्यवसायीको सहभागिता रहेको थियो । बैठकमा विशेष भवन आयोजना प्रमुख सहसचिव सुनिल ठाकुरले निर्माणाधीन संसद् भवनको हालसम्मको प्रगति र अवस्थाबारेमा जानकारी गराउनुभयो । अब भवन वरिपरी बाटो निर्माण, वाटर ट्रिटमेन्ट प्लान्ट, स्यानेटरीको काम, आन्तरिक सजावटलगायत काम बाँकी रहेको उहाले बताउनुभयो ।

निर्माण व्यवसायीले अधिकांश काम सम्पन्न भइसकेको भन्दै तालिकाअनुसार बाँकी काम अघि बढाउने प्रतिबद्धता जनाएका थिए । अगामी पुस मसान्तसम्म भवन निर्माण सम्पन्न गर्ने कार्यतालिका छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ