केही युवाहरुको प्रयासले यस पटक एसईईमा सुधार आएको प्रधानमन्त्रीको दाबी

केही युवाहरुको प्रयासले यस पटक एसईईमा सुधार आएको प्रधानमन्त्रीको दाबी

  • सोमवार, भदौ २, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

भदौ २ काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही युवाहरूको निजी प्रयासले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सुधार भएको दाबी गरेका छन्।

केही युवाले प्रविधिमा आधारित भएर देशभरिका लागि कक्षा सञ्चालन गरेपछि नतिजामा सुधार आएको उनको दाबी छ।

उनले भने, ‘हामीले एउटा मात्रै सानो उदाहरण दियौं भने, गत वर्ष नेपालको एसईईको परीक्षाको नतिजामा पास हुनेको संख्या ४८ प्रतिशतभन्दा कम थियो र गत वर्षबाट हामीले सुरुदेखि नै यसलाई ७० प्रतिशत पु¥याउने भनेका थियौं। पछि हामीले केही संशोधन गर्नुपर्‍यो र ६० देखि ६५ प्रतिशतसम्म पुर्‍याउँछौँ भनेर हाम्रा केही युवा साथीहरूले अनलाइन कक्षाको सुरुवात गर्नुभयो। त्यसका निम्ति एउटा अभियान चलाउनु भयो।

देशव्यापी रूपमा विभिन्न ठाउँका विद्यालय विद्यालयमा गएर त्यहाँका प्रिन्सिपलहरूलाई, त्यहाँका शिक्षकहरूलाई, विद्यार्थीहरूलाई, अभिभावकहरूलाई प्रेरित गर्नुभयो। र, देशभरि दुई सयभन्दा बढी मेन्टर र धेरै दर्जन शिक्षकहरू राखेर एकै ठाउँ काठमाडौँबाट कक्षाहरू सञ्चालन गर्नुभयो। पछि हामीले ६० देखि ६५ प्रतिशतको बीचमा नतिजा निकाल्छौं भन्यौं।’

ती युवा को हुन् भन्ने नखुलाए पनि ओलीले नित्तान्त निजी प्रयासमा गरिएको यस पहलले नै एसईईको नतिजामा १४ प्रतिशत सुधार आएको दाबी गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी