३१ साउन, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज नख्खु कारागारमा ल्याईदैछ । भैरहवा कारागारमा सुविधा नभएको भन्दै आलोचना पछि उनलाई नख्खुमा ल्याउन लागिएको हो ।
आजै विमान मार्फत लामिछानेलाई काठमाण्डौँ ल्याइनेछ ।
बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline