सर्लाहीमा गोली हानेर शिक्षकको हत्या

सर्लाहीमा गोली हानेर शिक्षकको हत्या

  • शनिबार, साउन ३१, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

मलङ्गवा साउन ३१ । सर्लाहीको पूर्वी क्षेत्र हरिपूर्वा नगरपालिकामा शुक्रबार राति गोली हानेर शिक्षकको हत्या गरिएको छ । हरिपूर्वा नगरपालिका-६, का ४५ वर्षीय रामपुकार रायको अज्ञात समूहले गोली हानेर हत्या गरेको हो ।

आफ्नै घर अगाडि बसी रहेको अवस्थामा अज्ञात समूहले गोली प्रहार गरेको स्थानीयले बताएको छ । मोटरसाइकलमा आएका दुई जनाको समूहले रायको टाउकोमा गोली प्रहार गरेको छ ।

गोली प्रहारबाट गम्भीर घाइते भएको रायको उपचारको लागि महोत्तरीतर्फ लगिएको थियो ।

अस्पताल पुर्याए लगत्तै उनलाई चिकित्सकले मृत घोषित गरीदिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ