बागमती प्रदेशमा मन्त्रीपरिषद् विस्तार, पाँच जना मन्त्रीले लिए सपथ

बागमती प्रदेशमा मन्त्रीपरिषद् विस्तार, पाँच जना मन्त्रीले लिए सपथ

  • शुक्रबार, साउन ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

बागमती, ३० साउन : बागमती प्रदेशमा मन्त्रीपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियुक्त गरी मन्त्रीपरिषद् विस्तार गर्नुभएको हो ।

मुख्यमन्त्री बानियाँले आज सामाजिक विकास मन्त्रीमा कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रभा चामाङ, युवा तथा खेलकुद मन्त्रीमा उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रीमा सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रीमा बिनु रायमाझीलाई नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरूलाई आज एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सपथग्रहण गराउनुभयो ।

यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका बानियाँले सोही दिन नौ सदस्यीय मन्त्रीपरिषद् गठन गर्नुभएको थियो । यसअघि मुख्यमन्त्री बानियाँको सिफारिसमा कांग्रेसबाट शिवराज अधिकारीलाई बिना विभागीयमन्त्री र कृष्णा तामाङलाई खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री बन्नुभएको थियो ।

मन्त्री अधिकारीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवार दिइएको छ । यस्तै मुख्यमन्त्री बानियाँले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट मधुसूदन पौडेललाई कृषि तथा पशुपंक्षी विकास मन्त्री, डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री, भरत केसीलाई वन तथा वातावरण मन्त्री, जयराथ थापालाई श्रम तथा यातायात मन्त्री, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ