एकीकृत समाजवादीमा वामदेव गौतमलाई तेस्रो बरियता

एकीकृत समाजवादीमा वामदेव गौतमलाई तेस्रो बरियता

  • शुक्रबार, साउन ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

३० साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले बामदेव गौतमलाई पार्टीको तेस्रो बरियता सहित बरिष्ठ नेताको जिम्मेवारी तोकेको छ । उनी माधव नेपाल र झलनाथ खनालपछि तेस्रो बरियतामा बस्ने भएका हुन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेता गौतमलाई स्वागत गर्दै उनको एकता अभियानबाट आएकाहरूलाई जिम्मेवारी दिइएको हो ।

त्यस्तै, डिबी कार्की, लुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ ।

अन्य ९ जनालाई भने केन्द्रीय सदस्य बनाइएको छ ।

केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेहरूमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्या प्रसाद शर्मा, राम प्रसाद अधिकारी र मोहम्मद शेर बागवान रहेका छन् ।

गौतमको शपथ ग्रहण पनि सम्पन्न भइसकेको एकीकृत समाजवादीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ