आज देखि एन्फा महिला लिग छनोट, पहिलो दिन ४ टोली भिडदै

आज देखि एन्फा महिला लिग छनोट, पहिलो दिन ४ टोली भिडदै

  • बिहिबार, साउन २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

काठमाडौं, २९ साउन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आज देखि एन्फा महिला लिग छनोट आयोजना हुदैँछ ।
एन्फा फुटबल मैदान सातदोबाटोमा हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छन। सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन्।

समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा र्गल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन्।

आज पहिलो दिन एफसी रियल र छहारी तथा सङ्कटा एफसी र नेपाल खेलकुद क्लबका बिचमा खेल हुनेछ।
सहभागी मध्यबाट उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन्।

साथै, दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेल मार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी