रेशमका बाबु लालवीरलाई नाउपाको अध्यक्षको मान्यता दिएन निर्वाचन आयोगले

रेशमका बाबु लालवीरलाई नाउपाको अध्यक्षको मान्यता दिएन निर्वाचन आयोगले

  • बुधबार, साउन २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

साउन २८ काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टीको आधिकारिकता अध्यक्ष रञ्जिता श्रेष्ठकै पक्षमा रहने भएको छ। पार्टीका संरक्षक रेशम चौधरीले हालै राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए।

मंगलबार निर्वाचन आयोगले गरेको निर्णयमा लालवीर चौधरीलाई अध्यक्षका रूपमा मान्यता नदिइएको हो। यससँगै स्वतः रञ्जिता श्रेष्ठ नै अध्यक्ष रहने देखिएको छ ।

रञ्जिता अध्यक्ष रहेको पत्र लिन रञ्जिता निकट नेताहरु लागि परेको बुझिएको छ ।

यसअघि रेशम चौधरीले बहुमत सदस्यको केन्द्रीय समिति बैठक बोलाएर रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाएका थिए। त्यसपछि लालवीर चौधरीलाई नयाँ अध्यक्ष बनाएर निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाइएको थियो।

नागरिक उन्मुक्ति पार्टी भित्र रेशम दम्पत्तीको द्धन्दले चरम रुप लिँदै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ