पार्टीसम्बद्ध प्रतिष्ठान र फाउन्डेशन पार्टी विपरीत प्रयोग हुनुहुँदैनः अध्यक्ष ओली

पार्टीसम्बद्ध प्रतिष्ठान र फाउन्डेशन पार्टी विपरीत प्रयोग हुनुहुँदैनः अध्यक्ष ओली

  • सोमवार, साउन २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

ललितपुर, २६ साउनः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टीसम्बद्ध प्रतिष्ठान र फाउन्डेशन व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीको शपथ ग्रहण कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहनुभएका अध्यक्ष ओलीले स्थापित नेताको सम्मानमा खोलिएका र पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुन नहुने स्पष्ट गर्नुभएको हो ।

“मदन–आश्रित स्मृति प्रतिष्ठान तत्कालीन महासचिव मदनकुमार भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधनपछिको शोकको घडीमा जनताको बहुललीय जनवाद (जबज)को वैचारिकतालाई अगाडि बढाउन २०५० जेठ ९ गतेको पार्टी निर्णयबाट खोलिएको हो”, अध्यक्ष ओलीले भन्नुभयो, “पछि पार्टीले मदन जयन्ती मनाउने सन्दर्भमा पनि पर्याप्त ध्यान नदिएको अवस्थामा व्यक्तिगत आधारमा मदन भण्डारी फाउन्डेशन खोलिएको थियो । अहिले फाउन्डेशन गतिविधि र यसको नेतृत्वले आन्दोलनप्रति निष्ठा देखाउन छाडेको छ । यस्ता संस्थाहरु पार्टीसँग निष्ठावान् हुनुपर्छ । पार्टी हित विपरीत प्रयोग हुनुहुँदैन ।”

उहाँले सामाजिक अध्ययन, व्यक्तिको गुणवत्ता, निष्ठा र ज्ञानको विकासका साथै मानवीय चेतना र अनुशासन वृद्धिमा काम गर्न प्रतिष्ठानको नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो ।

प्रतिष्ठानका तत्कालीन अध्यक्ष प्रदीप नेपालको गत वैशाख २३ गते निधन भएकाले प्रतिष्ठानको यही साउन २३ गतेको ३१औँ साधारणसभाबाट एमालेका उपमहासचिव ज्ञवालीलाई अध्यक्ष निर्वाचित गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ