नेपाल उत्तर कोरियासँग पराजित

नेपाल उत्तर कोरियासँग पराजित

  • आइतवार, साउन २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, २५ साउन: नेपाल साविक विजेता उत्तर कोरियासँग पराजित भएको छ । योसँगै एफसी महिला यु–२० च्याम्पियनसिप छनोटको समूह चरणबाटै बाहिरिएको छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’ को अन्तिम तथा निर्णायक खेलमा उत्तर कोरियासँग नेपाल ११–० गोलअन्तरले पराजित भएको हो । यस हारसँगै अर्को वर्ष थाइल्याण्डमा आयोजना हुने एएफसी यु–२० एसियन कपमा स्थान बनाउने नेपालको सम्भावना समाप्त भएको छ ।

यस जितसँगै कोरियाले तीन खेलमा ९ अङ्क जोड्दै एसियन कपमा स्थान बनाएको छ । आजको खेलमा कोरियाले पहिलो हाफमा पाँच गोल ग¥यो भने खेलको दोस्रो हाफमा छ गोल थप्यो ।

उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० ले हराएको थियो भने दोस्रो खेलमा भुटानलाई १०–० गोलले पराजित गरेको थियो ।

हारसँगै नेपाल तीन खेलमा चार अङ्क जोड्दै प्रतियोगिताको यात्राबाट बाहिरिएको छ । नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको थियो भने साउदी अरेबियाविरुद्धको दोस्रो खेलमा १–० ले जित हासिल गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी