आज रक्षा बन्धन तथा जनैपूर्णिमामा देशभर जनै फेर्ने र रक्षा बन्धन बाँध्नेहरुको चहलपहल ( तस्वीरहरु )

आज रक्षा बन्धन तथा जनैपूर्णिमामा देशभर जनै फेर्ने र रक्षा बन्धन बाँध्नेहरुको चहलपहल ( तस्वीरहरु )

  • शनिबार, साउन २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ, २४ साउनः प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
आज देशभरका मन्दिरहरुमा जनै फेर्ने र घर घरमै पनि रक्षा बन्धन बाँध्नेहरुको चहल पहल व्यापक देखिएको छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

पशुपतिनाथ मन्दिरको बागमती नदी किनारमा शनिबार जनै पूर्णिमाका अवसरमा स्नान गर्न तथा पुरोहितबाट यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) बाँध्न आएका सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोलाको शङ्खे पिपलघाटमा शनिवार बिहान जनै पूर्णिमाको अवसरमा स्नान गर्दै स्थानीय। यस दिन जनै लगाउनेहरूले ऋषिको सम्झना गर्दै जलाशय, नदी, ताल, तलाउ वा पोखरीमा गई माटो, गोबर, कुश, खरानी र अपमार्गले स्नान गरी, विशेष मन्त्रद्वारा मन्त्रिएको नयाँ जनै धारण गर्ने परम्परा छ। 

पोखरा महानगरपालिका-६स्थित केदारेश्वर मन्दिर परिसरमा शनिबार बिहान जनैपूर्णिमाको अवसरमा जनै मन्त्रँदै ब्राह्मणहरु । 

रक्षाबन्धन पर्वका अवसरमा शनिबार सर्वसाधारणलाई रक्षासूत्र बाँधिदिँदै ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय, बागलुङकी प्रमुख सावित्री दिदी । 

तनहुँको देवघाट गाउँपालिका-५ स्थित गलेश्वर आश्रममा जनैपूर्णिमाको अवसरमा शनिबार बिहान जनै फेर्दै आश्रमका विद्यार्थी । तस्बिर : कृष्ण न्यौपाने

ललितपुर, २५ साउनः ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा शनिबार जनैपूर्णिमाको दिन हातमा जनै लगाउँदै भक्तजन। तस्बिरः रत्न श्रेष्ठ

रक्षा सूत्र बाँध्दै
रुपाकोट (कास्की), २४ साउनः जनैपूर्णिमा र रक्षाबन्धनको अवसरमा पोखरा–२ मिरुवास्थित विन्ध्यवासिनी मन्दिरमा रक्षा सूत्र बाँध्दै ब्राह्मण। जनैपूर्णिमा जनै र राखी बाँध्दा देव, ऋषि र पितृ ऋणबाट मुक्त भई बल, बुद्धि र तेज प्राप्त हुने जनविश्वास छ। तस्बिरः युनिश गुरुङ 

मुक्तिनाथमा दर्शनार्थीको भीड
मुस्ताङ, २४ साउनः मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथमा शनिबार बिहानै जनै पूर्णिमाको दिन भक्तजनको भीड । 

मुक्तिनाथमा दर्शनार्थीको भीड
मुस्ताङ, २४ साउनः मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथमा शनिबार बिहानै जनै पूर्णिमाको दिन भक्तजनको भीड । 

राखी(रक्षा)सूत्र बाँदै
इनरुवा (सुनसरी), २४ साउनः मिथिला क्षेत्रमा राखी पर्वको अवसरमा सुनसरी सदरमुकाम इनरुवा–३ मा शनिबार दिदीबहिनीले दाजुभाइलाई राखी (रक्षा)सूत्र बाँडी दिनुहुँदै । 

भगवानलाई जल चढाउँदै
लमजुङ, २४ साउनः लमजुङ दोर्दी गाउँपालिका ४ स्थित रमाइलो फाँटमा जनै पूर्णिमाको दिन शनिबार बिहान सामूहिक रूपमा भगवानको पूजा गर्ने क्रम भगवानलाई जल चढाउँदै स्थानीय बासिन्दा । 

सार्वजनिक रक्षाबन्धन कार्यक्रम
दाङ, २४ साउनः दाङको घोराही उपमहानगरपालिका–७ स्थित श्री माता पवित्रादेवी साँग्वेद विद्यालय उत्तरवाहिनी क्षेत्र, सुक्वारीमा अध्ययनरत वटुकहरूले शनिवार जनै पूर्णिमा तथा रक्षाबन्धनको अवसरमा घोराही बजारको बीपी चोकमा सर्वसाधारणलाई रक्षासूत्र बाँध्दै। 

किमाथाङ्का, (सङ्खुवासभा), २४ साउनःसङ्खुवासभाको खादबारी नगरपालिका–९ तुम्लिङटार स्थित मनकामना परिसरमा जनै पूर्णिमाको अवसरमा पुरहितबाट जनै धारण गर्दै भक्तजन। 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी