सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते

सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते

  • शुक्रबार, साउन २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

बरहथवा (सर्लाही), २३ साउन : पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् ।

आज साँझ जनकपुरबाट मलङ्गवा आउँदै गरेको ग१ख ९४९४ नम्बरको यात्रीबस ईश्वरपुर नगरपालिका–४ लच्का नजिकै दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरेका अनुसार दुर्घटनामा परेर बसमा सवार १८ जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा धनुषा हन्सपुर नगरपालिका–२ का २८ वर्षीय उदित साह, क्षीरेश्वरनाथ नगरपालिका–५ का २७ वर्षीया चन्दादेवी साह, सबैला नगरपालिका–२ का ३८ वर्षीय हरिशङ्कर साह, मिथिला नगरपालिका–१ का ३५ वर्षीया मन्जुकुमारी महतो, उहाँका १० वर्षीय छोरा आशिषकुमार र पाँच वर्षीय शुसनकुमार घाइते हुनुभएका छन् ।

यस्तै सोही दुर्घटनामा परेर सर्लाही कविलासी नगरपालिका–८ का ६८ वर्षीय रामपुकार मुखिया, सोही स्थानका २५ वर्षीया सुमित्रादेवी महतो, मलङ्गवा नगरपालिका–१२ का ४५ वर्षीया जतारन महतो, ६५ वर्षीया सखिया महतो, लालबन्दी नगरपालिकाका २४ वर्षीया रेणुका गौतम, कबिलासी नगरपालिका–३ का ३३ वर्षीया मुनिकाकुमारी शर्मा, सोही स्थान बस्ने २४ वर्षका धिरजकुमार ठाकुर, हरिपुर नगरपालिका–७ का ३० वर्षीया बिर्जना सिंह, हरिपुर नगरपालिका–९ का ४५ वर्षीया रीता चौधरी घाइते हुनुभएको छ ।

दुर्घटनामा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–७ का ३९ वर्षीया कमलाकुमारी महतो, उहाँका छोरा १४ वर्षीय आशिषकुमार महतो र बर्दिबास नगरपालिका–१का चार वर्षीया श्रृषा पोख्रेल घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका घाइतेको मोडेल अस्पताल लालबन्दी, नवलपुरस्थित सर्लाही लाइफलाइन अस्पताल र शुभस्वतिक अस्पताल बर्दिबासमा उपचार भइरहेको हो । उहाँहरु सबैको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयो । सवारी र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ