एकीकृत समाजवादीद्वारा काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान

एकीकृत समाजवादीद्वारा काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान

  • शुक्रबार, साउन २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौँ, २३ साउन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी भदौ ८ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

पार्टीभित्रको वैचारिक विवाद, सङ्गठनको आन्तरिक द्वन्द्व समाधान गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको हो । पार्टीको सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग गरिने सहकार्यलगायत विषयमा निर्णय गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा पार्टीले सञ्चालन गरेका अभियानबारे समीक्षा गरिने बैठकमा पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी तथा कार्य प्रगतिको छलफल गरिने जनाइएको छ । केन्द्रीय महाधिवेशनले पारित गरेका कार्यभार तथा योजना कार्यान्वयन भए÷नभएको मूल्याङ्कन गरिने उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ